काठमाडौं। नेकपा एमालेले सरकार विधिको शासनभन्दा बाहिर हिँडेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले संविधान र विधिको शासन आज देशभर उल्लङ्घन भइरहेको बताए । उनले सरकारलाई विधिको शासन उल्लङ्घन गर्ने अधिकार नभएको स्पष्ट पारे ।
सांसद बरालले भदौ २३ र २४ गतेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि मुद्दा चलाएकोप्रति आपत्ति जनाए ।
उनले भने, “यो घटनामा सुरक्षा निकायलाई अलगै कार्यदल बनाएर अध्ययन गर्ने, राष्ट्र सेवकहरूको सन्दर्भमा दोस्रो नजिर र पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीको सन्दर्भमा तेस्रो नजिर स्थापना गर्न खोजिएको छ । यो खोटपूर्ण कानुनी अध्ययन गरेर मुद्दा लगाइँदै छ, जुन आपत्तिजनक छ ।”
सांसद बरालले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न माग गरेका छन् ।
एमालेले सरकारले कानुनको समानता र न्यायिक प्रक्रियालाई समेत प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया