काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले इरानको सम्पूर्ण सभ्यता नै आज राति समाप्त हुन सक्ने दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। उनले होर्मुज जलडमरु खुला नगरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेसम्म उक्त जलमार्ग सञ्चालनमा नल्याए इरानका महत्वपूर्ण स्थानहरूमा आक्रमण गरिने उनले उल्लेख गरेका थिए।

advertisement

यसै सन्दर्भमा ट्रम्पले लेखेका छन्, ‘आज राति एउटा सम्पूर्ण सभ्यता अन्त्य हुन सक्छ, जुन फेरि कहिल्यै फर्कन सकिँदैन। म यस्तो होस् भन्ने चाहन्नँ, तर अवस्था त्यही दिशातर्फ अघि बढिरहेको देखिन्छ।’

उनले इरानमा सत्तापरिवर्तन भइसकेको दाबी गर्दै अब अपेक्षाकृत कम कट्टर र समझदार नेतृत्व उदाएको टिप्पणी गरेका छन्।

ट्रम्पका अनुसार विगत ४७ वर्षदेखि जारी दमन, भ्रष्टाचार र हिंसाको श्रृंखलाको अन्त्य हुने सम्भावना रहेको छ। उनले सम्भावित परिवर्तनलाई ‘उत्कृष्ट र क्रान्तिकारी’ हुन सक्ने बताएका छन्। अन्त्यमा उनले इरानी जनताको सुरक्षाका लागि ईश्वरसँग प्रार्थना समेत गरेका छन्।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com