काठमाडौं । अमेरिका र इजरायलले मंगलबार इरानका केही स्थानमा हमला गरेका छन् । सबैभन्दा ठूलो हमला खार्ग द्विपमा भएको छ । जुन इरानको सबैभन्दा ठूलो तेल निर्यात गर्ने स्थान हो । जहाँबाट इरानको ८० देखि ९० प्रतिशत कच्चा तेल निर्यात हुन्छ ।

यसैक्रममा कोम शहर र काशानमा पनि पुललाई निशाना बनाएर हमला गरिएको छ । काशाननजिकै यहयाबाद रेलवे पुलमा भएको हमलामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । योबाहेक उत्तर–पश्चिमी इरानको तबरिज–जंजान हाइवेमा पनि पुलमा भीषण हमला भएको छ ।

advertisement

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेसम्म होर्मुज स्ट्रेट खुला नगरे अत्यावश्यक नागरिक भौतिक संरचनामा हमला गर्ने धम्की दिएका थिए ।

पछिल्ला हमलाको जवाफमा इरानले पनि इजरायल र खाडी देशमा हमला गरेको छ । इरानले यूएईको टेलिकममा हमला गरेको छ । इरानले यसअघि नै इरानका भौतिक संरचनालाई निशाना बनाए अब चुप नबस्ने धम्की दिइसकेको छ । उसले अमेरिका र उसका सहयोगी देशलाई निशाना बनाएर हमला गर्ने बताएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com