काठमाडौं । सार्वजनिक स्थानमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा काठमाडौंको वसन्तपुर क्षेत्रमा एक वृद्धलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे छानबिन थालेको थियो। सोही क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा चन्द्रागिरी नगरपालिका–थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया