1. काठमाडौं । राजस्थान रोयल्सले लगातार तेस्रो जित हासिल गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

मंगलबार गुहावटीस्थित वर्षापारा क्रिकेट रंगशालामा राजस्थानले मुम्बई इन्डियन्सलाई २६ रनले पराजित गर्‍यो। वर्षाका कारण खेल ११ ओभरमा सीमित गरिएको थियो।

घरेलु टोली राजस्थानले १५१ रनको लक्ष्य प्रस्तुत गरेकोमा मुम्बईले ११ ओभरमा ९ विकेट गुमाउँदै केवल १२३ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि नमन धिर र शेफ्रन रादरफोर्डले समान २५–२५ रन बनाए भने तिलक वर्माले १४ रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

advertisement

राजस्थानका लागि नान्द्रे बर्गर, रवि बिश्नोई र सन्दीप शर्माले २–२ विकेट लिए भने जोफ्रा आर्चर र तुषार देशपाण्डेले १–१ विकेट लिए।

राजस्थानले टस हारेर ब्याटिङको निम्तो पाएको अवस्थामा निर्धारित ११ ओभरमा ३ विकेट गुमाउँदै १५० रनको योगफल तयार पारेको थियो। यसमा यशस्वी जैसवालले ३१ बलमा १० चौका र ४ छक्काको मद्दतले सर्वाधिक ७७ रन योगदान दिए। वैभव सूर्यवंशीले ३९ रन बनाए भने कप्तान रियान परागले २० रन बनाए।

मुम्बईका लागि एएम घनजफरले २ र शार्दुल ठाकुरले १ विकेट लिए।

यो जितसँगै राजस्थानले ३ खेलबाट ६ अंक जोडेको छ। पराजित मुम्बई समान खेलबाट २ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com