काठमाडौं । प्रतिनिधिसभा सदस्य निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई दिइने प्रवेश पासको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियमअनुसार एक दिनका लागि मात्र अनुमति दिइएका सवारी साधनहरू व्यवहारमा भने नेपालमै निजी तथा सार्वजनिक प्रयोजनमा सञ्चालन भइरहेको बताइन्।

advertisement

उनका अनुसार यसले ठूलो भन्सार शुल्क तिरेर नेपालमा दर्ता भएका सवारी साधन र तिनका व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। ‘यो समस्या मेरो निर्वाचन क्षेत्र मेचीनगरमा मात्र सीमित छैन, देशका अधिकांश सीमा नाकामा यस्तै अवस्था देखिएको छ,’ उनले भनिन्।

डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनसँग सम्बन्धित दुर्घटनामा क्षतिपूर्ति प्राप्त गर्नसमेत जटिलता हुने उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइका साथ अनुगमन गर्न र ‘डे पास’को दुरुपयोग तत्काल रोक्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com