काठमाडौं। वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई ७ बुँदे सुझाव पेश गरेको छ ।

संघले वैदेशिक रोजगार क्षेत्रको सुधार तथा व्यवस्थापनका लागि मन्त्री साह समक्ष लिखित सुझाव बुझाएको हो ।

advertisement

वैदेशिक रोजगार व्यवसायी संघ का अनुसार प्रत्येक श्रम गन्तव्य मुलुकमा कामदारको देशगत लागत निर्धारण गरी वित्तीय पारदर्शिता कायम गर्नुपर्ने, मागपत्र प्रमाणीकरण प्रक्रियामा आवश्यक सुधार गर्नुपर्ने, वैदेशिक रोजगार ऐनअनुसार प्रत्येक गन्तव्य मुलुकमा श्रम सहचारीको व्यवस्था गर्नुपर्ने, म्यानपावर कम्पनीले राखेको धरौटीको ब्याज कम्पनीकै खातामा जम्मा हुने व्यवस्था गर्नुपर्ने र अन्य निजी व्यवसाय सरह ब्याज प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै प्रहरी प्रतिवेदन प्रमाणीकरणको आर्थिक भार हटाउनुपर्ने (युएईले हाल प्रति श्रमिक १४ हजार ७०० रुपैयाँ लिइरहेको छ), साउदी दूतावासमा भिसा स्ट्याम्पिङ प्रक्रियामा सहज पहुँच व्यवस्थापन गर्नुपर्ने र वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू गर्ने भनिएको ‘विमानस्थलमा हवाई टिकट र सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने’ निर्णय खारेज गर्नुपर्ने सुझाव दिइएको छ ।

संघले नीतिगत सुधार नगरी यस्ता निर्णयको प्रभावकारी कार्यान्वयन हुन नसक्ने भन्दै नीतिगत सुधार भएपछि मात्रै कार्यान्वयन गर्न माग गरेको छ ।

व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन यी सुझाव अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com