काठमाडौं । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरस्थित एक अपार्टमेन्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये तीन जना भारतीय नागरिक र छ जना नेपाली रहेका छन्।

advertisement

भारतीय नागरिकहरूमा चेतन यादव, आशिष शर्मा र रौनक सिंह रहेका छन् भने नेपालीतर्फ सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले ललितपुरको हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर अवैध सट्टेबाजी सञ्चालन गर्दै आएका थिए। छापामार कारबाहीका क्रममा उनीहरूको साथबाट आठ थान ल्यापटप, २४ वटा मोबाइल फोन र ३१ वटा सिमकार्ड बरामद गरिएको छ।

अनुसन्धानका क्रममा उनीहरूले सट्टेबाजीमार्फत ३१ करोड २४ लाख ३४ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको खुल्न आएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com