काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचारबाट आर्जित रकम भए फिर्ता ल्याउन पहल गर्न स्वीस राजदूत डेनियल मैवलीसँग अनुरोध गरेका छन्।

आज गृहमन्त्रालयमा भएको औपचारिक शिष्टाचार भेटमा मन्त्री गुरुङले राजदूत मैवलीसँग भ्रष्टाचार तथा अन्य अवैध क्रियाकलापबाट स्वीस बैंकमा जम्मा भएको रकमबारे सहकार्य गर्न आग्रह गरेका हुन्। उनले उक्त रकम फेला परेमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउने व्यवस्था गर्न सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

advertisement

भेटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन्। साथै, उनले दुई देशबीच आप्रवासनसम्बन्धी सहकार्य र छलफललाई पनि छलफलको विषय बनाइन्, जुन मन्त्री गुरुङले हाल चालु रहेको बताएका छन्।

त्यसैगरी, स्वीस राजदूतले नेपालमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई अझ सुदृढ बनाउने प्रयासमा स्वीस सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com