काठमाडौं– ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसरमा भएको चक्कु आक्रमणमा गम्भीर घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ।
प्रहरीका अनुसार आक्रमणमा परी ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो।
घटनापछि फरार हुन खोजिरहेका आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेको खुलेको छ।
घटनाको कारण र पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया