काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला चार हजार ३०० रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला दुई लाख ९४ हजार ७०० रूपैयाँ कायम भएकाे छ।
हिजो बुधबार छापावाल सुनको मुल्य प्रतितोला दुई लाख ९९ हजार रूपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ रूपैयाँ कायम भएको छ ।अघिल्लो दिन पाँच हजार २५ रुपैयाँमा काराेबार भएको थियो ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया