काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणमा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज प्रस्थान गर्दैछन् ।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक रहेको उक्त सम्मेलन यही चैत २७ र २८ गते मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्दैछ ।

advertisement

सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् । उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागरबीचको पारिस्थितिक सम्बन्ध र आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वबारे नेपालको दृष्टिकोण राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका परराष्ट्रमन्त्री तथा समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । उनी सम्मेलनपछि यही चैत ३० गते स्वदेश फर्किने छन् ।

हिन्द क्षेत्रका देशहरूबीच समुद्री सुरक्षा, आर्थिक सहयोग र जलवायु परिवर्तनजस्ता साझा चुनौतीहरूमा सामूहिक प्रयास बढाउने उद्देश्यले आयोजना गरिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com