काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने प्रधानमन्त्रीको निर्णयको स्वागत गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले लिएको उक्त कदम सकारात्मक भएको उल्लेख गर्दै रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको प्रशंसा गरेका हुन्। उनले लेखेका छन्, “दण्डहीनताविरुद्धको स्पष्ट अडानले परिपक्व बन्दै गएको शासन प्रणालीको चरित्र देखाउँछ, जहाँ जवाफदेहिता चयनात्मक नभई सिद्धान्तमा आधारित अटल प्रतिबद्धताका रूपमा स्थापित हुन्छ।”

advertisement

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री साहमाथि पदको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

साहले मन्त्री पदमा रहँदा आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको विषयमा पार्टीको आन्तरिक अनुसन्धानले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको थियो। उक्त गतिविधिले पार्टीको छवि, सिद्धान्त र मर्यादामा असर पर्ने ठहरसहित सभापति लामिछानेले प्रतिवेदनसहित प्रधानमन्त्रीसमक्ष सिफारिस पेश गरेका थिए।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन्।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com