काठमाडौं। श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभाको उपसभामुख पदकी उम्मेदवार रुबी कुमारी ठाकुर ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई गरेको समर्थनलाई सरप्राइज भनेकी छन् ।
बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भनेकी छन्, “रास्वपाले समर्थन गर्छ भनेर मलाई थाहा थिएन । म मधेसको छोरी हुँ । सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।”
ठाकुरले आफूलाई पार्टी अध्यक्ष हर्क राईले कल्पना पनि नगरेको ठाउँमा पुर्याएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्, “म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो । मैले कल्पना पनि गरेको थिइनँ । मलाई खुसी लागेको छ । अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु ।”
रुबी कुमारी ठाकुर धनुषाबाट प्रतिनिधिसभा सदस्य हुन् । रास्वपाले उनको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेपछि उपसभामुख निर्वाचनको चर्चा थप चर्किएको छ ।
उनले ठूलो जिम्मेवारी भए पनि आफूले पूरा गर्न सक्ने विश्वास व्यक्त गरेकी छन् ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया