काठमाडौं । महिलालाई अतिरिक्त प्रलोभन देखाएर उनीहरूको सम्पत्ति कब्जा गर्ने आरोपमा उमेश सापकोटा पक्राउ परेका छन्।
दाङ जिल्ला निवासी एक महिलाको उजुरीको आधारमा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका-२ घर भई हाल धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरमा बसोबास गर्दै आएका ४० वर्षीय उमेश सापकोटा लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, को टोलीले आज नियन्त्रणमा लिएको हो।
सापकोटाविरुद्ध जबरजस्ती करणसम्बन्धी उजुरी समेत दर्ता भएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया