काठमाडौँ । नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एकदिवसीय शृंखलाको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको छ।
क्यानद्वारा जारी विज्ञप्तिअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई-दुई खेल खेल्नेछ। प्रतियोगिता आगामी अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुने भएको छ।
तालिकाअनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्नेछ। ओमानसँगको दुई खेल अप्रिल २२ र २४ मा हुनेछ।
त्यसैगरी नेपालले मे ६ र ९ मा स्कटल्यान्डसँग तथा मे ७ र ११ मा अमेरिकासँग खेल्ने क्यानले जनाएको छ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया