झापा। झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृतक स्थानीय ३५ वर्षीया सुनिता बास्की रहेको प्रहरीले जनाएको छ ।

advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइ जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको थियो ।

घटनास्थलमै उनको मृत्यु भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न अधिकृतसहितको टोली खटाएको छ ।

यो दुर्घटनाले स्थानीय क्षेत्रमा विद्युतीय सुरक्षा सम्बन्धी सचेतना बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com