काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैदिन दुई हजार २०० रुपैयाँको बढेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया