काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको कडा आलोचना गरेकी छन्।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै उनले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिएको दाबी गरे पनि त्यसको प्रत्यक्ष लाभ सर्वसाधारणले अनुभूति गर्न नसकेको बताएकी छन्। मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अर्बौं घाटाको कुरा गरिरहनु व्यवस्थापन कमजोरी हो कि नीतिगत असफलता भन्ने प्रश्नसमेत उनले उठाएकी छन्।

advertisement

उनले करमा छुट दिँदा पनि बजारमा पेट्रोलियम पदार्थको मूल्य   नघट्नु सरकारको स्पष्ट असफलता भएको टिप्पणी गर्दै, “कर छुट भएपछि किन उपभोक्ताले राहत पाउँदैनन् ? सरकार किन मूल्य नियन्त्रणमा प्रभावकारी हुन सक्दैन ?” भन्ने प्रश्न गरेकी छन्।

जनताको दैनन्दिन जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा सरकारको भूमिका केवल घोषणा गर्नमै सीमित नभई प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु आवश्यक रहेको उनको जोड छ।

निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। करमा छुट दिँदा पनि घाटा कम हुन नसकेको भन्दै मूल्य समायोजन गरिएको निगमको दाबी छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com