काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार दुई जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।

यसअघि हिजो मात्र प्रधानमन्त्री शाहले श्रम तथा रोजगारमन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए।

advertisement

नयाँ नियुक्तिका लागि रामजी यादव र गौरीकुमारी यादव को नाम अगाडि सारिएको छ। रामजी यादवलाई श्रम मन्त्रालय र गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह स्वयंले सम्हाल्दै आएका थिए।

रामजी यादव सप्तरी–२ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com