काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा नयाँ मन्त्रीहरू नियुक्त गरेको छ।

नियुक्तिअनुसार गौरीकुमारी यादव लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामजी यादव लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।

advertisement

दुवै नवनियुक्त मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथपछि दुवै मन्त्री आ–आफ्ना मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

यसअघि श्रम मन्त्रालय सम्हाल्दै आएका दीपक शाह विवादपछि पदमुक्त भएका थिए भने उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैंले सम्हाल्दै आएका थिए।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com