काठमाडौं। हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्न अमेरिका र इरानबीच उच्चस्तरीय शान्ति वार्ता हुन लागेको छ ।

दुवै देशका प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुग्ने भएका छन् ।

advertisement

पाकिस्तानले यो महत्वपूर्ण वार्ताको सुरक्षा र बन्दोबस्तीका लागि व्यापक तयारी गरेको छ । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले विदेशी प्रतिनिधिहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्न विस्तृत योजना बनाएको बताएका छन् ।

इस्लामाबाद र रावलपिंडीमा स्थानीय बिदा घोषणा गरिएको छ भने एक्सप्रेस हाइवेमा यातायात डाइभर्सन गरिएको छ ।

रेड जोनमा रहेको पाँचतारे सेरेना होटललाई प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ ।

शनिबार इस्लामाबादमा हुने यो शान्ति वार्ता मा इरानको तर्फबाट संसद् सभामुख मोहम्मद बाकर गालिबाफले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने छन् ।

अमेरिकी टोलीमा वरिष्ठ राजदूत स्टिभ विटकफ र जारेड कुशनर पनि सहभागी हुने छन् ।

यो वार्ता आयातोल्लाह अली खामेनीको मृत्युपछि भएको पहिलो उच्चस्तरीय बैठक हो ।

जारी द्वन्द्वमा हजारौं मानिस मारिएका छन्, विश्वको महत्वपूर्ण तेल मार्ग बन्द भएको छ र अन्तर्राष्ट्रिय ऊर्जा मूल्य अकासिएको छ ।

पाकिस्तानको मध्यस्थतामा दुई हप्ते युद्धविराममा सहमति भएको केही दिनमै यो बैठक बस्न लागेको हो ।

दुवै पक्षबीच युद्धविरामलाई स्थायी बनाउने र थप द्वन्द्व रोक्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

वार्ताको तयारीले मध्यपूर्वमा शान्ति प्रक्रिया अघि बढ्ने आशा जगाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com