काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। उनलाई शुक्रबार रिहा गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

लम्सालमाथि अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। यद्यपि उक्त विषयमा औपचारिक उजुरी दर्ता नभए पनि उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

advertisement

उनी गत चैत २१ गते पक्राउ परेका थिए र पछि काठमाडौँ जिल्ला अदालत ले पाँच दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com