काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई आज परिवारको जिम्मा लगाएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराई ले बले रिहा भएको पुष्टि गरेका छन्।
उनीमाथि अभद्र व्यवहारको कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो।
यसैबीच, अमेरिकामा बस्दै आएकी संगम बिष्ट ले बलेमाथि बलात्कारको आरोप लगाउँदै अमेरिकामा मुद्दा दायर गरेकी छन्।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया