काठमाडौं ।  वैदेशिक रोजगार विभाग, ताहाचल कार्यालयका नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुससहित पक्राउ परेका छन्।

वैदेशिक रोजगारसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी गर्दै आएको थियो।

advertisement

अनुसन्धानका क्रममा आयोगको टोलीले मस्राङ्गीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

त्यसपछि कार्यालय परिसरमा गरिएको खानतलासीमा थप नगदसमेत फेला परेको छ। शौचालयबाट १५ हजार रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ बरामद भएको आयोगले जनाएको छ।

नगद र मोबाइल फोनसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com