काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको आवश्यकता रहेको बताएका छन्।
पोखरामा नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा आयोजित ‘निर्वाचन समीक्षा र काँग्रेसको अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले आगामी एक वर्षपछि हुने स्थानीय र प्रदेश निर्वाचनलाई ध्यानमा राखेर कडा मेहनत गर्नुपर्नेमा जोड दिए।
उनले विश्वभर ‘पपुलिजम’ र नयाँ मिडियाको प्रभावका कारण पुराना राजनीतिक दलहरू चुनौतीमा परेको उल्लेख गर्दै राजनीतिक तथा आर्थिक उदारवादको आवश्यकता बढ्दै गएको बताए।
उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेपछि विधि मिचिएको भन्दै अदालत जानु उपयुक्त नहुने बताए। उनले अब सबै नेता एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।
महामन्त्री प्रदीप पौडेलले निर्वाचन परिणामको समीक्षा गर्दै सुधार गर्ने अवसर प्राप्त भएको उल्लेख गरे। उनले पार्टीभित्र सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्न आवश्यक रहेको बताए।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया