काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीविरुद्ध शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरेको थियो भने पछि हाजिरी जमानीमा रिहा गरिएको थियो। सोही घटनासँग सम्बन्धित कसुरमा अहिले सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा अघि बढाएको हो।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया