काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधानविपरीत गतिविधि गरे कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको दायराभित्र रहेर सरकारले गर्ने काममा आफूहरू रचनात्मक र सकारात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पारे। तर संविधानमाथि हस्तक्षेप गर्ने प्रयास भए त्यसको प्रतिरोध सदन र सडक दुवै ठाउँबाट गरिने उनको भनाइ थियो।

advertisement

प्रचण्डले राष्ट्रिय हितमा आँच पुग्ने वा जनताले संघर्ष र बलिदानबाट हासिल गरेका अधिकार खोस्ने खालका गतिविधि भए आफूहरू चुप लागेर नबस्ने बताए। “राष्ट्रिय हितमाथि कुनै खतरा देखिए वा जनअधिकार संकुचित गर्ने प्रयास भए हामी सदनभित्र र सडकबाट सशक्त प्रतिवाद गर्छौँ,” उनले भने।

उनले पछिल्लो समय विद्यार्थी तथा कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको उल्लेख गर्दै यसप्रति सचेत रहनुपर्ने बताए।

संविधान संशोधनको सन्दर्भमा प्रचण्डले आफ्नो पार्टी विरोधी नभएको स्पष्ट पार्दै संशोधन जनअधिकार विस्तार गर्ने दिशामा हुनुपर्नेमा जोड दिए। “संविधान संशोधन अधिकार थप्नका लागि हुनुपर्छ, खोस्नका लागि होइन,” उनले भने।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com