काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको आरोप लगाएको छ। शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले उक्त आरोप लगाएको हो।

नेकपा संयुक्तले कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेकाले अर्को आयोग गठन गरेर भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष जाँचबुझ गर्न मागसमेत गरेको छ।

advertisement

पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ को घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ।’

उनले २०४८ देखिका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न मागसमेत गरेका छन्।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com