काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले चौथो खेलमा पहिलो जित हात पारेको छ। ओपनर सन्जु सामसनको शतक र पेस बलर जेमी ओभरटनको उत्कृष्ट बलिङ प्रदर्शनमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमा समेटियो। दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए भने पथुम निसान्काले ४१ रन जोडे। आशुतोष शर्माले १९, केएल राहुलले १८ तथा डेभिड मिलरले १७ रन बनाए।

advertisement

चेन्नईका बलरमध्ये जेमी ओभरटनले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए। अंशुल कम्बोजले ३ विकेट लिए भने खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो। सन्जु सामसनले ५६ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ११५ रन बनाए। आयुष म्हात्रेले ५९ रन बनाए भने शिवम दुबे २० रनमा अविजित रहे।

दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए। यस जितसँगै चेन्नईले ४ खेलमा पहिलो जित निकाल्दै २ अंक जोडेको छ र तालिकामा १०औँ स्थानबाट नवौँ स्थानमा उक्लिएको छ। दिल्ली भने लगातार दोस्रो हारपछि ४ अंकसहित चौथो स्थानमा छ।

यसअघि अर्को खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com