काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठनहरूलाई खारेज गर्ने सरकारी निर्णयको विरोधमा भइरहेको आन्दोलनप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठनहरूलाई आन्दोलनलाई अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाउन आह्वान गरेका छन्।

advertisement

उनले सरकारको कदमलाई निरङ्कुश सोचको प्रतिबिम्ब भन्दै विद्यार्थी संगठनहरूलाई समाजमा सचेतना फैलाउने, अन्यायविरुद्ध आवाज उठाउने र परिवर्तनको नेतृत्व गर्ने महत्वपूर्ण शक्ति भएको उल्लेख गरेका छन्। विप्लवले इतिहासमा पनि निरङ्कुश शासनको अन्त्यमा विद्यार्थीहरूको भूमिका निर्णायक रहेको स्मरण गराएका छन्।

त्यस्तै, उनले वर्तमान परिवर्तन र सरकार स्थापना हुनमा योगदान दिएका शक्ति र संस्थामाथि नै प्रहार गर्ने प्रयास भए त्यसको परिणाम सरकारकै लागि घातक हुने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com