पाँचथर। युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेल चैत २६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला अदालत पाँचथरले उनलाई १० दिनको म्याद थप गरेको थियो ।
अब उनी हाजिर जमानीमा रिहा भएका छन् ।
रोशन पोखरेल पक्राउ परेसँगै प्रधानमन्त्री बालेन्द्र शाहको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । आलोचना गर्नेहरूले बालेनका पुराना फेसबुक स्टेटस र भिडियोहरू समेत सेयर गरिरहेका छन् ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया