काठमाडौं । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेतामाथि गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई चैत २६ गते नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थित हुने शर्तमा उनलाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको हो।
पोखरेलको पक्राउपछि सामाजिक सञ्जालमा उक्त घटनालाई लिएर व्यापक प्रतिक्रिया आएको थियो। विशेषगरी बालेन शाहको भूमिका विषयमा तीव्र आलोचना भएको देखिएको थियो।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया