काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्ति विवरणसँगै त्यसको स्रोत पनि खुलाउन माग गरेका छन्। सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि सम्पाङले त्यसको पारदर्शितामाथि प्रश्न उठाएका हुन्।

उनले सामाजिक सञ्जालमा लेख्दै ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भनेर सार्वजनिक भयो, अब त्यसको स्रोत पनि खुलाउनुपर्छ’ भनेका छन्। उनका अनुसार स्रोत नखुलेको सम्पत्तिलाई भ्रष्टाचारसँग जोडेर हेर्न सकिने भएकाले त्यसबारे स्पष्टता आवश्यक छ।

advertisement

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com