काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभनिएको प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘क्रियाशील खारेज होइन, उनले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले आफूलाई प्रश्न गरेको सन्दर्भमा भन्दै लेखेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।’

प्रदीप पौडेल ले विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउन लागेको उल्लेख गरेका छन् ।

advertisement

‘विगतमा देखिएका त्रुटी हटाउन यस पटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौँ,’ पौडेलले लेखेका छन्, ‘विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’

उनले अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँ गाउँमा जोड्ने कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले थप जिम्मेवार र मजबुत बनाउने बताएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com