ललितपुर। ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुष सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर ज्यान कसरी गयो भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको कारण र विस्तृत विवरण खुलेको छैन ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया