काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने तयारी भइरहेको छ ।
खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पार्टी निर्णयको विरोध गरेपछि कांग्रेस केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको हो ।
खड्काले सोमबार पार्टीका सदस्यहरूको क्रियाशील सदस्यता खोस्न लागिएको भन्दै आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए । यसअघि नै उनलाई कार्यवाहक सभापतिको हैसियतमा अनाधिकृत रूपमा पार्टीको लेटरहेड प्रयोग नगर्न सचेत गराइएको थियो ।
तर खड्काले आफ्नो पूर्वहैसियत नछाडी पार्टी गतिविधि जारी राखेपछि विशेष महाधिवेशनबाट चयन भएको अनुशासन समितिले कारबाही गर्ने तयारीमा बैठक बोलाएको छ ।
अनुशासन समितिले खड्काको गतिविधिलाई पार्टी अनुशासन विपरीत ठहर गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने स्रोतको भनाइ छ ।
यो घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने देखिएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया