कविता : मानुषी

तिमी जति गर्न सक्छौ त्यति म पनि गर्न सक्छु तिमी जत्तिकै पाखुरी बजार्न सक्छु पसिना बगाउन सक्छु तिम्रा सबै अनुभूतिहरू मेरा पनि अनुभूति तर इतिहासले आज कहाँ ल्याएर पछार्‍यो कुन्नि मलाई तिमी त मभन्दा कोसौँ अघि गइसकेछौ तिमी र म एउटै होइनौँ एक–अर्काका पूरक मात्र

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com