काठमाडौं । ललितपुरको झम्सिखेलमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।