काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ। बयानका लागि सोमबार बिहान खाणलाई सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो। खाणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।