काठमाडाैं । काठमाडौंको जमलमा तीन वटा सवारी साधन ठोक्किएका छन्। मंगलबार मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।