काठमाडौं । रुसको अमुर क्षेत्रमा करिब ५० यात्रु सवार एक विमान उडानको क्रममा सम्पर्कविहीन भएको छ। साइबेरियामा केन्द्रीत अंगारा एयरलाइन्सको एन–२४ मोडेलको विमान खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा उडानमार्गमा हराएको हो। रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार विमानमा पाँच बालबालिका र चालक दलका ६ सदस्यसहित कुल ४३ जना सवार थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।