काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा ट्रक खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो। ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।