मन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो । अवकाशप्राप्त बेलायती सैनिक राईको प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । मन्त्री किरातीकी आमाको पनि केही वर्ष पहिले निधन भइसकेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com