काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बनेकी छन्। मंगलबार दिउँसो उनले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। स्रोतका अनुसार आमाछोरी दुवै स्वस्थ्य छन्। उनले साेमबार बेबी शावरकाे केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। श्वेताले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।