काठमाडौं : काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवार बन्नका लागि नेकपा एकाले काठमाडौं नगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको छ। सिफारिस भएकामा काठमाडौं महानगरका वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित छन्। त्यस्तै नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्त पनि उम्मेदवारको सिफारिसमा परेका छन्।

 

advertisement

कमिटीका अध्यक्ष देउलाले नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने जानकारी दिए।
उनले जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने बताए।

केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्ने उनले बताए। उपप्रमुखको उम्मेदवारका विषयमा छलफल जारी छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको देउलाले उल्लेख गरे।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com