पर्सा। पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशु बजारबाट फागुन २५ गते सोमबार राती सशस्त्र प्रहरीले २ सय १८ किलो गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

सोही जिल्लाको सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्याक्टरमा परालले छोपी लैजाँदै गरेको २२ वटा पोकामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले नियन्त्रणमा लिएको हो।

उक्त गाँजा ल्याउने व्यक्ति तथा ट्याक्टर चालक गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्याक्टर तथा गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए।

बरामद गाँजा तथा ट्याक्टर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com