रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ०१ राकाथुममा माओवादी केन्द्रका उम्मेदवार रामकुमार श्रेष्ठ निर्वाचित भएका छन। 

खाँडादेवी गाउँपालिका–०१ राकाथुममा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार रामकुमार श्रेष्ठ सहितको प्यानल विजयी भएको हो। राकाथुममा माओवादी र एमाले बीच तीव्र प्रतिस्पर्धा थियो । एमाले बाट वडाअध्यक्षका उम्मेदवार प्रेम बहादुर श्रेष्ठले ६३० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका रामकुमार श्रेष्ठले ७१८ मत प्राप्त गरेका थिए। 

एमालेका प्रेम बहादुर श्रेष्ठलाई ८८ मतले पराजित गर्दै रामकुमार श्रेष्ठ विजयी भएका हुन्।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com