काठमाडौँ — बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको  बेला प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताएकी छिन् ।                                                     हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशंका व्यक्त गर्दै सांसद सत्गौवाले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने पनि बताईन् ।उनले मन मिल्दा प्रेम र मन नमिले पछि रेप भन्ने स्थिति पनि समाजमा पैदा हुँदै गरेको भन्दै त्यो गलत भएको पनि उनले धारणा ब्यक्त गरिन् । उनले भनिन् -‘मन मिलेसम्म ‘लभ’को संज्ञा दिने, मन नमिलेपछि ‘रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

सांसदले सांसदको अर्थ बाट केवल नारीका लागी मात्र नभएर पुरुषका लागि पनि बोल्नुपर्ने भन्दै  सांसद सत्गौवाले पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने बताइन् ।
‘विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्छ । महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद हो; देशको लागि कानुन निर्माण गर्न आएका छौं ।’

advertisement

उनले हदम्याद आवस्यक भएको भन्दै कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने ख्याल गर्नुपर्ने पनि उनको धारणा थियो ।’हदम्यादको कुरा धेरै उठिरहेको छ । हदम्यान राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन् ? यो कुरा हेर्न जरुरी छ ।
सांसद सत्गौवाले कानुन जति नै कठोर बनाएता पनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या हुने बताईन् । उनले सांसदले भावनामा बगेर कानुन निर्माण गर्ने या  एउटा व्यक्ति र वर्गका लागि कानुन निर्माण गर्ने भन्दा पनि समग्र अवस्थालाई हेरेर कानुन निर्माण गर्नु पर्ने भन्दै उनले भनिन् -‘महिलाले महिलाका लागि मात्रै कानुन बनाउनु हुँदैन ।’ उनले सांसदहरूलाई सांसद भएर पनि हेर्न आग्रह गर्दै हदम्याद अवस्यक भएको र कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने ख्याल पनि गर्नुपर्ने  बताइन्।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com