सिमरा। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

advertisement

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ। हेलिकोप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए।

आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्। ओलीको आकस्मिक अवतरण भएपछि जीतपुर सिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन्।

मौसमको प्रतिक्षामा रहेका ओली हेलिकप्टर उड्न नसके सडकमार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com